काठमाडौंको शेसमतिमा बस दुर्घटना, २ जनाको अवस्था गम्भीर

लोकपथ
8.4k
Shares

काठमाडौं । काठमाडौंको शेसमतिमा बस दुर्घटना भएको छ ।

तार्केश्वर नगरपालिकाको काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको यात्रुबाहाक बस शेसमतिमा दुर्घटना भएको हो ।

बस सडकबाट तल खोलामा खसेको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरी वृत बालाजुले लोकपथलाई जानकारी दिएको छ ।

अन्य घाइतेहरुको भने सिल्भरलाईन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी वृत बालाजुका अनुसार बसका चालक हाल फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?