सर्वोच्चको फैसलालाई सम्मान गर्दै जेलबाटै रेशमले लेखे– ‘धरातल पुस्तक लिएर आउँदैछु’

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।

मंगलबार यसअघिको फैसला कायम गर्दै सर्वोच्च अदालतले चौधरीलाई कैदको फैसला गरेको छ ।

कारागारबाटै विज्ञप्ति जारी गर्दै चौधरीले टिकापुर घटनाप्रति कुनै अनर्गल प्रचार नगर्न आग्रह समेत गरेका छन् । साथै आफूमाथि अन्याय भए पनि अदालतको फैसलालाई स्वीकार गर्नुको विकल्प नरहेको बताए ।

‘मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको बिक्लप हुन्न।टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावकलनको बाटो हाम्रोलागी खुल्ला छ।हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ साथै सम्मानीत अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नू पर्दछ। अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलय प्रती भरोसा छ। हामी अझै न्यायीक पर्खाईमा छौ ! त्यसैले सबैलाई सम्मनीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो बिज्ञयप्ती जारी गरेकी छु!’

त्यस्तै आफू डिल्लिबजार कारागारमा धैर्यताका साथ बसिरहेको बताउँदै केही समयमा ‘धरातल’ नामक पुस्तक लिएर आउने बताए ।

‘म डिल्लीबजार कारागारमा धैर्य,सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु ! स्वस्थ छु रति भर मन बिचलित छैन,पुस्तक लेखी रहेको छु । केही दिनमा ’’धरातल’’नामक पुस्तकको साथ तपाई समक्ष साक्षात हुनेछु भन्दै बिदा चाहान्छु !!’ उनले भनेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?