काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुधबार नबुझाउने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई आज बुधबार साँझसम्म अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
तर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन भएको भएपनि अनुसन्धान नै नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए ।
म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने जिल्ला प्रहरी परिसरकाे तयारी रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया