काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले रेशम चौधरी नछुटे देशमा आगो लाग्ने चेतावनी दिएकी छिन् ।
सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा अन्तिम फैसला सुनाएसँगै गौतमले निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको भन्दै सर्वोच्चको फैसलाविरुद्ध बोलेकी हुन् ।
सञ्चारकर्मीलाई जवाफ दिँदै उनले भनिन् – ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ । यदि रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ।’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया