१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । महोत्तरीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सम्सी गाउँपालिका-४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरैलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?