काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको भन्दै प्रशंसा गरेका छन् ।
उनले ट्वीट गर्दै अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुनका आधारमा फैसला सुनाउने बताए । चौधरीप्रति लक्षित गर्दै डा. भट्टराईले क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयाँ र भविष्यमुखी विधि स्थापित खोज्ने बताए ।
उनले ट्वीटरमा लेखेका छन्, ‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्१ क्रान्तिकारीले पुरानोरविद्यमानसंग विद्रोह गरेर नयॉरभविष्यमुखी सोंचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्१इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ१रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम!!’
२०७२ सालको टिकापुर हत्याकाण्डका दोषी चौधरीलाई मंगलबार सर्वोच्चले यसअघिको फैसलालाई सदर गरिदिएको छ । यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतको फैसलालाई सदर गर्दै उनलाई कैदको फैसला सुनाएको हो ।
अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्!इतिहासमा यो अन्तरविरोध… pic.twitter.com/HDadhuhvNM
— Baburam Bhattarai (@brb1954) May 17, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया