काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई जेलमा बोलाएका छन् ।
मंगलबार सर्वोच्चको फैसलासँगै उनी जेलमुक्त नभएसँगै छलफलका लागि नेताहरुलाई कारागारमै बोलाएका हुन् ।
सर्वोच्चले यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतको फैसललाई सदर गर्दै गरेको थियो ।
उनको दल अहिले सरकारमा सामेल रहेको छ । उनकी श्रीमती समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता चौधरी भुमीमन्त्री रहेकी छिन् ।
बिहान १० बजेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफलका लागि उनले बोलाएका हुन् । यसअघि पटकपटक नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई जेलमुक्त गर्न आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया