किफायती मूल्यमा नेपाली स्मार्टवाच

लोकपथ
35
Shares

काठमाडौं । अल्टिमा लाइफस्टाइलले, एक गुणस्तरीय वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड, आफनो नवरचनात्मक उत्पादन “अल्टिमा वाच म्याजिक बजारमा सार्वजनिक गरेको छ ।

अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ । यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन छ, जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुनेछ । अल्टिमा वाच म्याजिक मात्र  ३५९९मा दुबै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ । यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आप संग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच आईपी ६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ ।

कम्पनीको परिकल्पना हरेक नेपालीहरुमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने रहेको छ । यही परिकल्पनालाइ प्रबर्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तीमा खड्कालाइ आफ्नो कम्पनीको उत्पादनहरुको ब्राण्ड एम्बासदर घोषणा गरेको थियो ।

स्वास्तीमाको युवा जोश र सक्रिय जीवनशैली ब्रान्डको आदर्श अनुरुप मेल खान्छ, जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवर्धन गर्न सही छनोट हुन पुगेका हुन् । नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ् नवीनता र किफयिती मूल्य निर्धारण गरि अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरुको विविध रुचि र शैली माझ आफ्नो पहुँच विस्तार गर्ने रहेको छ । यसको उल्लेखनीय सुविधाहरू र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजार लाइ पुनः परिभाषित गर्नेछ ।

अल्टिमा वाच म्याजिक सहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरु लोकप्रिय अनलाइन प्लेटफर्महरु दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन् । विशिष्ट ग्राहक सेवा प्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मीत’ मा ’द फास्टेस्ट डेलिभरी अवार्ड’ बाट सम्मानित गरिएको थियो जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरुको सहभागीता थियो । अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ, ४ २०८० (मे १८, २०२३) देखि बजारमा उपलब्ध हुनेछ । वाच म्याजिकको पहिले नै बजार मूल्य . ३,५९९ तय भएपनि अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य  २,९९९ मा वाच म्याजिक उपलब्ध गराउने छ ।

अल्टिमा लाइफस्टाईलको बारेमा

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्नेमा गर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापित गर्न आफ्ना उत्पादनहरुमा उचित मूल्य अनुपात स्तरीय कार्यसम्पादन प्रस्तुत गर्दछ । ग्राहकको सन्तुष्टिप्रति ब्रान्डको प्रतिबद्धताले नेपालमा वफादार ग्राहक आधार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?