रेशम चौधरीको मुद्दा : जन्मकैदको निर्णय सदर गर्ने सर्वोच्चको फैसला

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर हुने भएको छ ।

मंगलबार सर्वोच्च अदालतले चौधरीलाई उच्च अदालत दिपायलको फैसलालाई नै सदर गरी जन्मकैदको फैसला गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले लोकपथलाई जानकारी दिए ।

त्यस्तै उनीसँगै सो घटनामा दोषी देखिएका अन्य २ जनाले सफाइ पाएको समेत उनले बताए ।

‘उहाँको हकमा पहिल्यैको फैसला सदर भएको छ भने अन्य दुई जनाले सफाइ पाएका छन् ।’ उनले लोकपथसँग भने ।

२०७२ सालमा थरुहट आन्दोलनको क्रममा टिकापुरमा नरसंहार भएको थियो । उनीसहित २ दर्जनभन्दा बढी दोषी देखिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?