तनहुँ एकमा टिकटको लागी कांग्रेसमा रस्साकस्सी, दुईमा प्रदिप पौडेल बलियो

तनहुँ ७ कात्तिक । बाम गठबन्धको कारण प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा विभिन्न स्थानमा तालमेल गर्न पुगेको कांग्रेस यतिवेला आन्तरिक संघर्षमा रुमलिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुमा पनि टिकटको लागी यतिवेला ठूलै रस्साकस्सी देखिन थालेको छ । दुईवटा निर्वाचन क्षेत्र भएको तनहुमा क्षेत्र नम्बर एकबाट रामचन्द्र पौडेल, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई आकांक्षी रहेका छन् । यता क्षेत्र नम्बर २ बाट भने केन्द्रिय सदस्य प्रदिप पौडेल, तनहु कांग्रेस पूर्व सभापति धुर्व वाग्ले लगायत छन् । यद्यपी वाग्लले प्रदिप पौडेलले प्रतिनिधीसभाको टिकट पाएको खण्डमा आफु प्रदेशसभामा उम्मेद्वार हुन राजी भएको बताइन्छ ।जिल्लाबाट नाम सिफरिस गर्ने क्रममा नै तनहु एकबाट आफुले टिकट पाउनुपर्ने भन्दै गोविन्दराज जोशीको एक हुलले त दमौलीमा प्रदर्शन नै गर्यो । दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा एकातिर बामपन्थि गठबन्धन अर्कोतर्फ केन्द्रिय स्तरका नेताहरुको नै टिकटको लागि तछाडमछाडले कांग्रेस कमजोर बन्नसक्ने आकलन गर्नेहरु नै उत्तिकै छन् । अहिले कसले टिकट पायो भन्दापनि कसको जनस्तरमा प्रभाब छ भन्नेमा नेतृत्वले ध्यान दिनुपर्ने तनहुका कांग्रेस कार्यकर्ता बताउछन् ।क्षेत्र नम्बर एकको टिकटको लागी रामचन्द्र पौडेल , गोविन्दराज जोशी र शंकर भण्डारीबिच बढी रस्साकस्सी चल्ने देखिएको छ । क्षेत्र नम्बर दुईमा भने प्रदिप पौडेलले टिकट पाउने निश्चितजस्तै छ । तनहु कांग्रेस क्षेत्र नम्बर २ ले सोही क्षेत्रमा मतदाता भएका व्यक्तिलाई मात्र उम्मेद्वार बनाउन केन्द्रलाई सिफारिस गरेसँगै प्रदिप पौडेलको सम्भाबना बढेको हो । स्थानीय तहबाट सिफरिस हुदा नै उनको नाम प्रथमिकतामा परेको छ । उनले चुनाबकेन्द्रित भएर क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?