नागरिकता विद्येयक प्रमाणीकरणका लागि उपराष्ट्रपतिलाई ज्ञापनपत्र

लोकपथ
2k
Shares

काठमाडौं । नागरिकताविहिन संघर्ष समितिले नेपालले राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विद्येयक पारित गर्न माग गरेको छ ।

समितिका तर्फबाट अध्यक्ष ईन्द्रजित साफीसहितको टोलीले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

उनीसहितको टोलीले प्रतिनिधि सभा र राष्ट्रियसभाबाट दुईदुई पटक पारित भइसकेको विद्येयक थन्किएर बस्नुले धेरै नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘प्रतिनिधि र राष्ट्रिय सभाबाट दुई दुईपटक बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइसकेको विद्येयक निष्कृय हुन्छ भनेर २०७२ को संविधानको कुनै धारा उपधाराले मान्दैन । तसर्थ हाम्रो देश उपराष्ट्रपति ज्यूलाई नागरिकता विद्येयक २०७९ लाई प्रमाणीकरणमा आवश्यक पहल गरी लाखाँै वास्तविक नेपाली नागरिकको जीवन उज्वल बनाईदिनका लागि अनुरोध गर्दछौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै नागरिकता नहुँदा आफ्नो नामको सिम, बैंक अकाउण्ट समेत बनाउन नसकेको गुनासो समेत पोखेका छन् । त्यस्तै नागरिकता बिना आफूहरुले शिक्षाको अधिकारबाट समेत बञ्चित भएको भन्दै विद्येयक प्रमाणीकरणमा जोड दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?