१४ जेष्ठ २०८०, आईतवार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

२०८०,जेष्ठ,२,मंगलवार १६:३२

0
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ प्रतिशतले ओरालो लागेर तीन सय ४८ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता शेयर रु ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको रु पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको शेयर कारोबार भयो ।

शिवम् सिमेन्टको दुई करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको रु दुई करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्सुुरेन्स कम्पनीको एक करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको रु एक करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै माया खोला हाइड्रोपावर पाँच दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड चार दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले चार दशमलब ५३ प्रतिशतले कमाएका छन् ।

यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड पाँच दशमलब ६४, इस्टर्न हाइड्रोपावर चार दशमलब ५९, मानुषी लघुवित्त चार दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले तीन दशमलब शून्य आठ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२,मंगलवार १६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव

काठमाडौं । मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १०

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँट गरेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११