काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिको निर्णयहरु सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सार्वजनिक लेखा समितिको पहिलो बैठकमा जेष्ठ सदस्यको हैसियतमा सभापतित्व ग्रहण गरेका सांसद केसीले सो कुरा बताएका हुन् ।
‘सचिवज्यूलाई मेरो निर्देश नै भयो । सार्वजनिक लेखा समितिको कार्यहरु सार्वजनिक गरियोस् ।’ केसीले भने ।
भ्रष्टाचारको कारण नेपाल अन्तर्राष्ट्रिय रुपमै बदनाम भइरहेको प्रति सरकारको ध्यानाकर्षण समेत गराए । त्यस्तै प्रत्येक वर्ष स्वीस बैंकमा नेपाली बैंकमा पैसा बढिरहेकोप्रति आपत्ति जनाए ।
निष्पक्ष रुपमा काम गरेर सार्वजनिक लेखा समितिको आफूलाई उभ्याउनका लागि सबै सदस्यहरुलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया