काठमाडौं । कैलालीको टिकापुर नरसंहारका दोषी रेशम चौधरी लगायतको मुद्दाको सबै बहस सकिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको हो । यसअघि सोमबार पनि उक्त मुद्दाको सुनुवाई भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सबै बहस सकिएसँगै आजै फैसला आउनुसक्ने बताइएको छ ।
यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले दोषी ठहर गरेपछि उक्त मुद्दाको पुनरावेदनका लािग चौधरी सर्वोच्च गएका थिए ।
२०७२ सालमा थारुहट आन्दोलनका क्रममा प्रहरीसहित धेरैको नरसंहार घटनामा उनीसहित २ दर्जन थुनामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया