१३ मङ्सिर २०७९, मंगलवार

आइजीपीलाई आपत, सर्वोच्चमा पर्‍यो मुद्दा

२०७४,कार्तिक,७,मंगलवार ११:५५

9
Shares

काठमाडौं,७ कात्तिक । नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सर्वश्वसहित जन्मकैद गर्ने आदेशको पालना नगराएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो । यसअघि सर्वोच्च अदालतले बालकृष्ण दुंगेललाई सातदिनभित्र पक्राउ गर्नु भनी आदेशको कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार अवहेलना मुद्दा दायर गरेको हुन्।

त्रिपाठीले दर्ता गराएको रिट निवेदनमा प्रहरी महानिरीक्षक अर्याललाई अदालतको अवहेलनमा एक वर्ष कैद साथै १० हजार जरिवाना हुनुपर्ने माग गरेका छन्। न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार अदालतको सुनुवाइबाट अर्याल दोषी ठहरिए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यदी अर्याल दोषी ठहरिएमा फौजदारी अभियोग देखिने हुनाले उनको प्रहरी महानिरिक्षक पद नै धरापमा पर्ने देखिन्छ ।यद्यपी २०७४ बैसाख १ गते त्रिपाठीले नै दायर गरेको निवेदनमा सर्वोच्चले सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो। तर, सर्वोच्चको उक्त फैसलापछि प्रहरीले ढुंगेल नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेपनि उनी टिकट वितरण गर्नेलगायतको काममा विभिन्न पाटीका नेतासँगै पटकपटक देखिइरहेका छन् ।

 

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको

भैरहवा । रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर

चितवन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शंकास्पद वस्तु भेटिएको छ

इलाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई संघीय

ताजा समाचार

प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०
उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९
माओवादीले समानुपातिकमा कटायो ११ लाख मत
 २०७९,मङ्सिर,१३,मंगलवार ११:०६