नक्कली भुटानी शरणार्थी प्रकरणबारे के छ कांग्रेसको आधिकारीक धारणा ?

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा दोषीहरुलाई उन्मुक्ति दिन नहुने बताएको छ ।

अर्थमन्त्री समेत रहेका पार्टी प्रवक्ता डा.प्रकशशरण महतले पार्टीकै नेताहरुले समेत सो प्रकरणमा मुछिएको विषयमा पार्टीले अनुसन्धानमा सघाउने बताए ।

आज पत्रकार सम्मेलन गर्दै डा. महतले विषय अनुसन्धानमा रहेको कारण अहिले नै पार्टीले निलम्बन वा निष्काशन गर्नेतिर नलागेको बताए । दोषी सावित भएमा पार्टीमा छलफल गरेर आवश्यक कारबाही गरिने समेत उनले बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे पार्टीले गम्भीर रुपमा लिएको छ ।’ उनले भने, ‘सो प्रकरणमा हाम्रै पार्टीका पनि कतिपय व्यक्तिको नाम आएको छ । बालकृष्ण जी प्रहरी अनुसन्धानमा रहेका छन् ।उहाँले म निर्दोष छु भनिरहनुभएको छ । पार्टीले अनुसन्धानमा सघाउँछ । अनुसन्धानको पक्षमा हामी छाँै । उहाँले आफू यो विषयमा निर्दोष सावित हुन्छु भनिरहनुभएकोकारण पार्टीले निर्णयमा नपुगेको हो ।’

सोही प्रकरणमा जोडिएकी खाँण पत्नी समेत रहेकी पार्टीकी सांसद मञ्जु खाँण कहाँ रहेको भन्नेबारे पार्टीले फलो नगरेको समेत उनले बताइन् ।

‘को कहाँ जानु भयो भन्नेबारे पार्टीले फलो गरेको छैन ।’ उनले भने ।

त्यस्तै पार्टी सांसद समेत रहेकी आरजु राणाप्रति लक्षित प्रहारप्रति कांग्रेसले गम्भीर रुपमा लिएको उनले बताए । आरोपित वा दोषी नै नभइ सामाजिक सञ्जालदेखि मिडियासम्म आलोचना भइरहेको विषयमा खनिन् नहुने उनले बताए ।

छिट्टै केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?