काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प्रहरीमा आत्मसमपर्ण गरेका आङटावा शेर्पा घाइते भएका छन् ।
सो प्रकरणमा मुछिएका पूर्व सांसद एवं कांग्रेस नेता समेत रहेका शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
प्रहरी हिरासतमा रहेका उनको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुयाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।
ती प्रहरीका अनुसार उनको टाउकोमा सामान्य चोट लागेको र राति नै उपचारपछि डिस्चार्ज गरिएको छ । उनको बाथरुमा लडेर टाउकोमा चोट लागेको प्रहरीको भनाइ रहेको छ ।
सो प्रकरणमा मुछिएकाहरुलाई हिरासतमै पुगेर बयान फेर्न दबाब दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया