काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो ।
भेटघाटको क्रममा चालू बजेट अधिवेशन, नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल भएको छ ।
त्यस्तै संसदमा विचाराधीन विभिन्न विद्येयकका बारेमा समेत छलफल भएको र ती विद्येयकहरु पारित गर्न सहज हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । भने सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलहरुबाट सहयोग मिलेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया