काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सिएमसीसँग भएको करार सम्झौता रद्द गर्ने तयारी शुरु गरेको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालयले सिएमसीले समयै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी थालेको हो ।
सिएमसीले करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त राख्ने र कामबाट पन्छिन खोजेको भन्दै करार रद्द गर्ने तयारी गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार करार रद्द गरेको पत्र पठाउने तयारी गरिएको छ ।
क्रिसमस मनाउन भन्दै गत मंसिर २९ गते स्वदेश फर्किएको सीएमसीका कर्मचारीले नेपाल बाहिर वार्ताको सर्त अघि सारेको मन्त्रालयले जानकारी दिए ।
क्रिसमस मनाउन प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोलीलाई सरकारले स्वदेश जाने अनुमति दिएको थियो ।
आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै उनीहरुलाई सरकारले केही दिन नियन्त्रणमा लिएपनि फर्कने सर्तमा इटली उड्न दिएको थियो ।
‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर उसले (सीएमसी) घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारि गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ’ मन्त्रालय स्रोतले जानकारी दिए ।
केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ ।
यसरी नयाँ माग तेस्र्याएर पनि आयोजनाले काममा फर्कन आग्रह गरेको थियो । ठेकेदारका मागहरु वार्ताको माध्यमद्वारा समाधन गर्ने भन्दै पत्राचार गरेको मन्त्रालयले बताएपनि समयसीमा तोकेर पत्राचार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेपछि करार रद्द गर्ने तयारीमा मन्त्रालय पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया