भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई अमेरिकामा बहिस्कार गरिने

लोकपथ
133
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई अमेरिकामा बहिस्कार गर्ने तयारी गरिएको छ ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नु पर्ने निष्कर्ष निकालेको हो ।

मञ्चका अध्यक्ष शंकर पन्तले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले उक्त प्रकरणमा जोडिएकाहरुविरुद्ध लिएको पहलकदमीप्रति सम्मान समेत व्यक्त गरेका छन् ।

‘अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीरसमेत निहु¥याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको शुरुवाती पहलप्रति हामी सम्मान व्यक्त गर्दछौ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हेविवेट नेता तथा कर्मचारीहरु नै समातिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?