प्रतिनिधि सभाको विभिन्न समितिको बैठक शुरु

काठमाडौं । विभिन्न समितिको बैठक आजबाट शुरु भएको छ ।

केहीबेरअघि सिंहदरबारमा विभिन्न समितिको बैठक शुरु भएको हो । निर्वाचनपछि ५ महिना बित्दा पनि समिति गठन हुन सकेको थिएन ।

समितिको सदस्यहरु मनोनित भएपनि सभापति भने कुनै समितिले चयन गर्न सकेको छैन । जसको कारण समितिका जेष्ठ सदस्यको अध्यक्षमा बैठक शुरु भएको हो ।

जसमा लेखा समितिका जेष्ठ सदस्य अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक बसेको छ । त्यस्तै भौतिक पूर्वाधार विकास समितिको जेष्ठ सदस्य नागरिक उन्मुक्तिका सांसद लारबीर चौधरीको सभापतित्वमा बैठक बसेको छ । त्यस्तै यता उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका जेष्ठ सदस्य माओवादी केन्द्रका रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ ।

प्रतिनिधिसभा अन्तर्गत १२ समितिहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?