राजपाले बोलायो अध्यक्षमण्डलको बैठक, संयोजक फेर्ने तयारी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको बैठक बोलाएको छ । 

शुक्रवार दिउँसो १ बजेको लागि राजपाले बैठक बोलाएको हो । बैठकमा संयोजक फेर्नेबारे छलफल हुने बताइएको छ । 

महेन्द्रराय यादव दिल्लीमा रहेको र उनी आएपछि बैठक बस्नेछ । 

राजपा नेपालको विधान अनुसार चक्रिय प्रणालीको आधारमा अध्यक्षमण्डलको संयोजक अब महेन्द्रराय यादव हुनेछन् । 

२०७४ वैशाख ७ गते स्थापना भएको राजपा नेपालको अध्यक्षमण्डलको पहिलो संयोजक महन्थ ठाकुर थिए ।

त्यसपछि मंसिर ४ गते बसेको अध्यक्षमण्डलको बैठकले बहुमतको निर्णयबाट उनलाई हटाएर राजेन्द्र महतो संयोजक बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?