काठमाडौं । नेपाली श्रमिक लैजान जापान तयार भएको छ ।
बुधवार बसेको उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवशयक संयन्त्र बनाउन तयार भएको हो ।
बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो ।
नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीच बसेको यो प्रारम्भिक बैठक हो ।
पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार बैठकले दुई देशबीच यथाशक्य छिटो द्विपक्षीय समझदारी गर्ने बाटो तय भएको बताए । आगमी अप्रिलबाटै जापानले नेपाली श्रमिक लैजान तयारी भएको उनले बताए ।
जापानले आफ्नो देशमा श्रमशक्ति अभाव भएपछि विदेशबाट ल्याउने निर्णय गरेको थियो । तर, जापानले विदेशी श्रनिकसँग सम्बन्धित अध्यागमन कानून संशोधन गरेको जानकारी दिएको थियो ।
उता नेपाली पक्षले भने नेपाली श्रमिकमाथि अनावश्यक भार पर्न नहुने, पारदर्शी ढंगबाट श्रमिक छनोट हुनुपर्ने, जापानी नागरिकसरह नै नेपालीलाई तलब र सेवासुविधा दिनुपर्ने, बिमा र सामाजिक सुरक्षा हुनुपर्ने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने सर्त राखेको थियो ।
नेपालले राखेको सर्तमा जापानले स्वदेशी र विदेशी श्रमिकबीच तलब, सेवासुधिमा कुनै भेदभाव भएको बताएको छ । त्यस्तै व्यवसायजनय स्वास्थ्य सुरक्षामा उचित व्यवस्था भएको समेत जानकारी दिए ।
जापान सरकारले तत्कालका लागि ३ लाख ४२ हजार विदेशी श्रमिक भर्ना गर्ने निर्णय गरेको थियो । तर, नेपालीको कोटा छुट्याइएको छैन ।
बैठकमा जापानी पक्षले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया