काठमाडौँमा सोमबार राति असिनासहितको वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधनीका विभिन्न स्थानमा असिनासहित वर्षा भएको जनाएको छ ।
आइतबार पनि राजधानीमा साँझको समयमा हावाहुरीसहित वर्षा भएको थियो ।
महाशाखाले आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया