मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, भारतीय कति आए ?

लोकपथ
56
Shares

गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताकै सबैभन्दा बढी भएको छ।
‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको हो। अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएको मनकामना दर्शन प्रालिका संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको उनको भनाइ छ ।
उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१।१७५ ९६ लाख १९ हजार ३७३० र भारतीय २४।१०५ ९ २ लाख ९ हजार ७४३० रहेको उनले जानकारी दिए।
पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए।
कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?