काठमाडौं । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसर्पण गरेका छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पा बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
यसअघि सो प्रकरणमा मुछिएका एमालेका सचिव एवं निलम्बित सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । भने पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया