टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

नक्कली भुटानी शर्णार्थी प्रकरणमा संलग्न भएको आरोपमा उनीविरुद्ध पक्राृउ पुर्जी जारी भएपछि फरार रहेका उनी हिजो आइतबार पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?