प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान

लोकपथ
117
Shares
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी आज आह्वान गरेका छन् ।
बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख शर्माको प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?