बाहिरी दबाबपछि भ्रष्टाचारको छानबिन हुनु राष्ट्रिय लज्जाको विषय : राप्रपा

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाहिरी दबाबपछि भ्रष्टाचारको छानबिन हुन थालेको आरोप लगाएका छन् ।

आइतबार शुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्खै अध्यक्ष लिङ्देनले बाहिरी दबाब पछि भ्रष्टाचारको छानबिन हुन थाल्नु राष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।

‘सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ बस्तु बनेको छ । सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ’, राप्रपाको प्रतिवेदनमा भनिएको छ, ‘यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?