‘भारतले नेपाली प्रधानमन्त्रीलाई नबोलाउने, जनताले हटाएको राजालाई भव्य स्वागत’

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको मिति सारेर आफ्नो एजेण्डामा सहमति गर्न कूटनीतिक दबाब बढाएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली प्रधानमन्त्रीलाई भातर आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गरेको बताएका छन् ।

‘हाम्रो प्रधानमन्त्री भारत जान्छु जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सरै छ । अब कहिले हुन्छ थाहा छैन । तर, नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दाखेरी पूर्वराजालाई उत्तरप्रदेशमा स्वागत गरियो । स्वागतको क्रममा त्यहाँ मन्त्रीदेखि नेताहरुले दिएको अभिव्यक्ति आपत्तिजनक छ ।’ सांसद पन्तले भने ।

‘भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोम्यासी दबाबको कुटनीति। के एजेण्डामा मेरो पुरा गर्छौँ त्यो आउने एजेण्डामा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भन्नेका लागि पूर्वराजालाई बोलाइयो । यो प्रेसरको डिल्लोमेसीमा प्रधानमन्त्री र नेपाल सरकार पर्न हुँदैन ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?