बालकृष्ण खाँणसँग भोलि पुन: बयान लिइने

लोकपथ
70
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले खाँणसँग आज बयान लिएकाे थियाे ।

आज लिएको बयान नसकिएपछि भोलि पुन: बयान लिन लागेको हो । जिल्ला अदालत काठमाडौंले आइतबार खाँणसहित १२ जनालाई थप ४ दिन अनुसन्धान गर्न म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?