२० मङ्सिर २०८०, बुधबार

आइजीपीलाई आपत, सर्वोच्चमा पर्‍यो मुद्दा

२०७४,कार्तिक,७,मंगलवार ११:५५

0
Shares

काठमाडौं,७ कात्तिक । नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सर्वश्वसहित जन्मकैद गर्ने आदेशको पालना नगराएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो । यसअघि सर्वोच्च अदालतले बालकृष्ण दुंगेललाई सातदिनभित्र पक्राउ गर्नु भनी आदेशको कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार अवहेलना मुद्दा दायर गरेको हुन्।

त्रिपाठीले दर्ता गराएको रिट निवेदनमा प्रहरी महानिरीक्षक अर्याललाई अदालतको अवहेलनमा एक वर्ष कैद साथै १० हजार जरिवाना हुनुपर्ने माग गरेका छन्। न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार अदालतको सुनुवाइबाट अर्याल दोषी ठहरिए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यदी अर्याल दोषी ठहरिएमा फौजदारी अभियोग देखिने हुनाले उनको प्रहरी महानिरिक्षक पद नै धरापमा पर्ने देखिन्छ ।यद्यपी २०७४ बैसाख १ गते त्रिपाठीले नै दायर गरेको निवेदनमा सर्वोच्चले सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो। तर, सर्वोच्चको उक्त फैसलापछि प्रहरीले ढुंगेल नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेपनि उनी टिकट वितरण गर्नेलगायतको काममा विभिन्न पाटीका नेतासँगै पटकपटक देखिइरहेका छन् ।

 

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

ताजा समाचार