नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले लियो गृह मन्त्रालयका दुई अधिकारीसँग बयान

लोकपथ
581
Shares

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो ।

दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर आइतबार र सोमबार बयान लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?