३ दिनदेखि पुलमुनी अनसनमा बसेका सांसद गौतमबारे दीपक गिरीले सदनमा गराए जानकारी

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाली कांग्रेसकै सांसद सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनी आमरण अनसनमा बसेको संसदलाई जानकारी गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले आफ्नो क्षेत्र र मुलुकबारे काम गराउन अनसनमा बस्नुपर्ने अवस्था आएको बताए ।

‘अब विकासको काम गराउन पनि आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यहाँ नजिकै नगरकोटको सडक कहिल्यै बन्दैन, पप्पु कन्स्ट्रक्सनले ७ बर्षदेखि थालेको जब्दी पुल बन्दैन, उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुण पुल बन्दैन । दाङकै कोथरी पुल बन्दैन, अब सुरुवात भयो आमरण अनसन बस्नुपर्ने तर सरकारले आँखा लगाउँदैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?