राजाको बचाउमा लोहनी

काठमाडौँ, ७ कात्तिक – एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीकाको दिन दिएको अभिव्यक्तिलाई अन्यथा लिन नहुने बताएका छन् ।लोहनीले आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले जनताले चाहे आफू देशहितको लागि काम गर्न तयार रहेको स्पष्ट पारेको उल्लेख गर्दै देशप्रति चिन्ता राख्ने हरेक नागरिकले यस्तो अठोट राख्नु देशभक्ति र देशप्रतिको मायाको द्योतक भएको बताएका छन् ।सरकारी तहमा भएको बढ्दो भ्रष्टाचार, दलीय भागबण्डा, सामन्ती संस्कारको कारण जनता निरास र आक्रोशित रहेको समेत लोहनीको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?