काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
हाल पूर्वमन्त्री खाँणको बयान शुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।
आइतबार प्रहरीले खाँणसहित १२ जनालाई अदालतबाट चार दिनको म्याद थप गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया