टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

आज सोमबार रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

रायमाझीलाई प्रहरीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा अदालतले उनीविरुद्ध प्रकाउ पुर्जी जारी गरेपछि उनी फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?