सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।
वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाको भनाइ छ ।
व्यास नगरपालिकाका २३ जनालाई रु ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई रु २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई रु ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई रु ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई रु ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई रु २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया