अन्ततः प्रहरीको फन्दामा परे टोपबहादुर

लोकपथ
966
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायामाझीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको टोलीले आइतबार साँझ बुढानिलकण्ठबाट रायामाझीलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले रायामाझीलाई पक्राउ गरेको उनले बताए ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?