संसदीय समितिमा भागबन्डा मिल्यो, संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाइने

लोकपथ
119
Shares

काठमाडौं । भागबन्डा नमिलेका कारण निकै लामो समयदेखि गठन हुन नसकेको संसदीय समितिको नेतृत्वले अब पूर्णता पाउने भएको छ ।

आज आइतबार तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीचको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको हो। निर्वाचन सम्पन्न भएको पाँच महिना बित्दा समेत दलहरूबिच भागबन्डा नमिल्दा संसदीय समिति गठनले पूर्णता पाएको थिएन ।

१२ वटा समितिको सभापतिमध्ये ३ वटाको नेतृत्व एमालेले गर्ने भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक लेखा समिति र थप एक विषयगत समितिको सभापति एमालेलाई दिने निरणय भएको हो । अन्य समितीमा भने सत्ता गठबन्धनको बैठकले टुंगो लगाउने छ ।

त्यस्तै बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक पनि अघि बढाउने सहमती भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?