दाङमा ५ वर्षीया बालिकामाथि बलात्कार, आरोपी पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?