काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले पार्टी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाविरुद्ध अनगर्ल प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको भन्दै राणाविरुद्ध सामाजिक सञ्जालदेखि आम रुपमा आलोचना भइरहेको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै राणा विदेश भागेको भन्दै सञ्चारमाध्यममा आएको भन्दै सो प्रति आपत्ति जनाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणको विषय अनुसन्धानमै रहेकोमा लान्छना लगाउनु गम्भीर अपराध रहेको बताएको छ । यसप्रति सरोकारवालाहरु सचेत रहन समेत आग्रह गरेको छ ।
‘नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवा ज्यूको विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यत्ति mगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल चरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’
त्यस्तै सो प्रकरण छिटो टुंगामो पुर्याउन सरकार, गृहमन्त्री र प्रहरीलाई आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यसअघि पनि पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणविरुद्ध अनगर्ल प्रचार गरेको भन्दै तरुण दलले बचाउ गरेको थियो । खाँण सो प्रकरणमा मुछिएपछि अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया