बालेनको आक्रोश : ‘भ्रष्टाचारी नेताविरुद्ध आन्दोलन होइन बागमतीमा चोपल्नुपर्छ’

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भ्रष्टाचारमा संलग्न नेताहरुलाई बागमतीमा चोपल्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले भ्रष्टाचारविद्ध आन्दोलनले मात्र नहुने भन्दै नेताहरुविरुद्ध खनिएका हुन् । यसअघि पनि भ्रष्टाचारविरुद्ध आन्दोलनले केही नभएको भन्दै सो कुरा बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चाँही ।’

शनिबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आन्दोलन भएको थियो । सोप्रति लक्षित गर्दै मेयर शाहले नेताहरुलाई आन्दोलन गर्नका लागि भन्दा पनि कारबाही गर्नका लागि भोट दिएको बताए ।

‘तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?