के मानव भविष्यका लागि खतरा बन्दैछ आर्टिफिसियल इन्टेलिजेन्स ?

लोकपथ
143
Shares

काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स र एआई आधारित रोबोटका बारेमा धेरै विज्ञहरूको राय निरन्तर चर्चामा आइरहेका छन् । कसैले यसलाई मानव भविष्यका लागि खतरा भनेका छन् भने कसैले रोजगारी गुम्ने खतरा औल्याएका छन् ।

एआई फर्मका संस्थापक इमाद मुस्ताकले पनि यसबारे सचेत गरेका छन्। उनले आगामी दिनमा एआई रोबोटले मानिसलाई नियन्त्रण गर्न सक्ने बताएका छन् । इमाद मुस्ताक बेलायती प्रविधि कम्पनी स्टेबिलिटी एआईका संस्थापक हुन्।

Humans Vs AI: Who Makes the Best Decisions? | CU Management

यसअघि १००० विज्ञहरूको समूहले एआईको विकास तत्काल रोक्न चेतावनीसमेत दिएका थिए । अर्बपति र ट्विटरका मालिक एलोन मस्कलेपनि एआईको बारेमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न माग गरेका छन् । मस्कले यो प्रणालीको विकासलाई रोक्ने चेतावनी दिएका छन् ।

AI vs. Human Intelligence

जबसम्म यो सुरक्षित छ कि छैन भन्ने स्पष्ट हुँदैन तबसम्म यसको प्रयो नगरेको राम्रो हुन्छ मस्कले भनेका छन् । एआई मानिसमाथि हावी हुन सक्छ र यसले मानव भविष्यलाई खतरामा पार्न सक्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?