काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको हालै रिलिज भएको फिल्म ‘किसी का भाई किसकी जान’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।
‘किसी का भाई किसकी जान’ एक मल्टिस्टारर फिल्म हो, जसमा पलक तिवारी, जस्सी गिल, शहनाज गिल, राघव जुयाल, भूमिका चावला जस्ता कलाकारहरू देखिएका थिए।
हलमा रिलिज भएपछि अब दर्शकहरु यो फिल्म ओटीटीमा रिलिज हुने प्रतिक्षामा छन् । पछिल्लो जानकारीका अनुसार सलमान खानको यो फिल्म ओटीटीमा देखिने भएको छ ।

सलमान खानको फिल्म ‘किसी का भाई किसी की जान’ले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । तर, फिल्मले सय करोडभन्दा बढी कमाएको छ । हलमा रिलिज भएपछि यो एक्सन, ड्रामा फिल्म अब ओटीटीमा देखिनेछ । ‘किसी का भाई किसी की जान’ मे २६ मा ओटीटीमा रिलिज हुँदैछ।
‘किसी का भाई किसी की जान’सँगै अरु कुन फिल्म आउदैछन् ओटीटीमा ?
भोला
अजय देवगन र तब्बुको फिल्म भोला पनि ओटीटीमा देखिने भएको छ । फिल्म २६ मे मा ओटीटी प्लेटफर्म प्राइम भिडियोमा पनि स्ट्रिम हुनेछ। यो फिल्ममा दर्शकले निकै एक्सन देख्न पाउनेछन् ।

अजयको भोला र सलमानको ‘किसी का भाई किसी की जान’ फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेनन् । सलमान खान र अजय देवगनजस्तै दर्शकले पनि उनीहरूको फिल्मबाट धेरै अपेक्षा गरेका थिए । तर, दुवै फिल्मले हिलमा खासै प्रभाव पार्न सकेनन् । अब ओटीटीमा यी फिल्मले कस्तो प्रतिक्रिया पाउँछन्, त्यो हेर्नै पर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया