काठमाडौं । नक्कली भुटानी शरणार्थी भुटानी प्रकरणमा मुछिएका कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले शेर्पाविरुद्ध पक्राउपुर्जी जारी भएको हो ।
यसअघि सो प्रकरणमा मुछिएर अनुसन्धानमा रहेका अन्यको बयानका आधारमा उनी पनि सोही प्रकरणमा मुछिएका हुन् । यसअघि नै सो प्रकरणमा मुछिएका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।
त्यसो त पक्राउ पुर्जी जारी भएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार रहेका छन् ।
पक्राउ पुर्जी जारी भएका शेर्पा २०७० को निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । भने कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका थिए । उनलाई प्रहरीले खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया