काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् ।
केही दिनदेखि उच्च ज्वरो आएका कारण हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका हुन् ।
शनिबार उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्य अवस्थामा सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
उनको घाँटीमा टन्सील भएको र ज्वरोका कारण केही दिन आराम गर्नुपर्ने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया