१२ आश्विन २०८०, शुक्रवार

राहत सामग्रीसहित आगलागी पीडित कहाँ पुगे प्रदेश सांसद तामाङ

२०८०,बैशाख,३०,शनिवार २१:४२

315
Shares

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७ गते राती आगलागीबाट पीडित मेलम्ची नगरपालिका–६ तालामाराङकी कमला केसीको परिवारलाई तामाङले शनिबार राहत सामग्री प्रदान गरेका हुन् ।

आगलागीबाट केसीको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उनको परिवारलाई जीवनयापनका लागि अत्यावश्यक खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

विभिन्न विपत्तिमा जनताको साथमा रहँदै आएका तामाङले सामान हस्तान्तरण गर्दै आगामी दिनमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेनपा ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, नेपाली कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०८०,बैशाख,३०,शनिवार २१:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५