२०८० भित्रै सबै कमिटीको अधिवेशन सक्ने एमालेको निर्णय

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले २०८० सालभित्र सबै कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले ८० साललभित्र अधिवेशन सक्ने निर्णय गरेको हो ।

बैठकले भदौमा प्रदेश अधिवेशन गर्ने त्यसपछि जिल्ला, पालिका र वडाको अधिवेशन चैतसम्ममा सक्ने निर्णय गरेको हो ।

May be an image of 3 people and people studying

त्यस्तै,  एमालेले लगातार ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेकाले सो निर्णय गरेकाे प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?