विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्छ : घनश्याम भुसाल

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताएका छन्।

नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले ओलीविरुद्ध लडेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि भइसकेको बताएका छन् ।

‘ओलीले कम्युनिष्ट पार्टीदेखि संसद्सम्म विघटन गरे। ओलीको समर्थक को हुन किन यसो गरे भन्ने कुरा इतिहास भरी खोजी भइरहन्छ। त्यसैले औचित्यमाथि प्रश्न उठाउने होइन। अर्को कोणबाट छलफल गरौँ। मैलै अन्त पनि भन्न गरेको छु औचित्य छैन भने यो समाजवादी पार्टी विघटन गरौँ। मार्क्स र क्रान्तिकारीहरूले औचित्य नभएको कुरा बोकेर हिँड्नु हुन्छ ? औचित्य छैन भने यो समाजवादी पार्टीमा लाग्नु हुँदैन। सल्लाहले नै छाड्दै हुन्छ।’ भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?